तराई क्षेत्रमा हुस्सुका कारण सतर्कता अपनाउनु पर्ने ।

काठमाडौ / हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको माैसम विभागले जनाएको छ । हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

आइतबारको माैसम

दिउँसो : प्रदेश १ को पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: प्रदेश १ को पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

हाल देशको तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ । बिहानको समयमा तराईका थोरै स्थानहरुमा लागेको हुस्सु/कुहिरो मध्यन्ह सम्ममा सुधार हुदैँ जाने सम्भावना रहेकोले  चिसोवाट  बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन माैसम विभागले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार