एकै परिवारका ३ जना मृत फेला ।

 

काठमाडौ / गोरखा जिल्लाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन्।

बारपाक सुलिकोट गाउँपालिका वडा नं १ बारपाकका डिलबहादुर गुरुङसहित तीन जना सोमबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ।

गोरखा प्रहरीका अनुसार मृत भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ  र १३ वर्षीया उषा गुरूङ छन्। आइतबार राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेर्दा उनीहरु मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

घटनास्थलमा बारपाक प्रहरी चौकीबाट प्रहरी पुगेको र इलाका प्रहरी कार्यालय जौबारीबाट थप प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको उनले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूको मुखमा फिँज आएको पाइएको हत्या गरेजस्तो नदेखिनि एसपी गरुङले बताए । थप अनुसन्धान पछि मात्र घटनाका बारेमा बताउन सकिने उनले बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार