काठमाडौ / प्रधानमन्त्री केपी ओलिले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापनाको पक्षमा दिएको सर्वोच्च अदालतको फैसलालाई नेपाली काङग्रेसले स्वागत गरेको छ ।
नेपाली काङ्ग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संसद पुर्नस्थापना गर्ने अदालतको फैसला एतिहासिक बताउँदै काङ्ग्रेसले स्वागत गरेको उल्लेख गरे ।
केटिएम देनिकसँग कुरा गर्दै देउवाले सर्वोच्च अदालतबाट संविधानको रक्षा भएको बताए ।