राम तामाङको दोस्रो प्रस्तुति नाम्सा धिम

COMING SON

 

 

सम्झनामा शहिद रक्तिमा !

पार्वती पाैडेल – शहिद रक्तिमा

रक्तिमा दिदिलाई म जीवन भरी कहिले बिर्सिन सक्दैन एउटा महान बिचार लिएर मृत्य मुक्तिको कसम खाएर वर्गीय लडाइँमा होमिनु भएका आदरणीय दिदि एकदम मिलनसार कोमल र सफा मन नेतृत्वदायी क्षमताको खानी तथा वर्ग वैरी प्रती आक्रोश ज्वाला पैदा गर्ने र गराउने एक साहसिक निडर महिला नेतृत्व हुन उहाँ । मैले उहाँसंग लामो समय सहकार्य गर्न पाएन तै पनि मलाई यो आन्दोलन र युद्धमा लाग्ने प्रेरणा रत्न ब.सुनार (क.संर्घष) र पार्वती पौडेल (क.रक्तिमा) दिदिले नै हुन उहाँहरु मेरो राजनीति जीवनका अभिभावक हुन ।

स्मृतिमा ताजै छ नुवाकोटको साल्मेको लेकमा तिन चार जिल्लाहरुको संयुक्त भेला थियो। मलाई पनि त्यो भेलामा सामेल हुने अवसर दिदिले मिलाउनु भयो । त्यो भेला सायद नुवाकोट कै उत्कृष्ट र सफल भेला थियो किन भने राजनीति मुद्दा र पाटी संचालनमा के हासिल भयो खासै हामिलाई थाहा भएन तर त्यो भेलामा एउटा होडबाजी चालेको थियो कसको क्षेत्रबाट कसले कति होल्ड टाइमर बनाउन सकिन्छ भन्ने । त्यो भेलामा रक्तिमा दिदिको टिमले मेरै गाउलेहरु रुपेश तामाङ,दिनेश तामाङ,प्रकाश तामाङ,सुना तामाङ बिसु तामाङ कुमारी तामाङ,सानू लामा,बिजय तामाङ र म श्याम बहादुर लामा गरि झन्डै ज्ञण्÷ज्ञद्द जना लाई होलटाइमर बनाउनु भयो । पाटी र क्रान्तिको लागि पाटटाइमर काम गर्ने पनि धेरै नै थिए । यसै गरि नुवाकोट कुमारी को पनि निकै कमरेडहरु  पुर्णकालिन हुनुभएको थियो । भेलाको सुरक्षाका लागि जनमुक्ति सेनाको एउटा टुकडी पनि थियो त्यसको नेतृत्व र कमाण्ड आदरणीय कमान्डर मनोज बि.क  क.प्रबलले गर्नु भएको रहेछ । एउटा जोशको कुरा र अचम्म लाग्दो कुरा थियो त्यो भेलाको सुरक्षा दस्तामा महिला छापामार,योद्धा तथा जनमुक्ति सेनाका कमान्डर बलियो खाइ लाग्दो ज्यान भएको दिदि क.कबिता पनि टिम भित्रकै कबिता दिदी पश्चिम तिरै हुनुहुनेरहेछ एकै दिन यत्रो मान्छे आन्दोलन मा पुर्णकालिन भएको देखेर उहाँ भन्नू हुन्थ्यो नुवाकोट पनि एउटा लाल किल्ला रहेछ ।

महिला लाल सेनाहरु थ्री नट थ्री जस्ता हतियार बोकेर बसेको देख्दा मेरो मन लोभियो र मलाई पनि सेनामा जाने रहर जाकेर आयो । त्यो भित्र पनि जिल्ला पाटी र सेनाको टिमले मान्छे तानातन गरिरहन्थे ।मलाई भने असाध्यै सेनामा जाने रहर थियो मैले दिदी रक्तिमालाई भने दिदी सेनामा जान पाउ भनी अनुरोध गरे तर दिदिले मलाई जाने अनुमती दिनु भएन केहि समय अन्योल पैदा भयो दिदीले मेरो खुबी देख्नु भएछन त्यो भेलामा एउटा नाटक देखाएको थियो त्यसमा मेरो रोल गाउको सामन्तीको सुरक्षा र चम्चाको रोल थियो मलाई हसाँउने रोल दिएको थियो। मेरो अभिनयबाट जिल्ला पाटीका कमरेडहरु प्रभावित भएको थिए । मलाई एस म जी राइफल बोकेर अभिनय गर्न दिनु भएको थियो तर मलाई त्यो नाटक र अभिनय कस्तो भयो थाहा भएन किन भने मेरो ध्यान सोच सबै हतियार मै बसेको थियो।

जीवन मै पहिलो चोटि समातेको हतियार नबस्नु पनि कसरी मलाई मनमा  सारै कौतुहल्ता लागेको थियो कसरी चल्छ कसरी चलाउने भनेर। सेनामा जाने कुरा नमिल्ने जस्तो देखेसी मैले एउटा उपाय निकाले  सेनामा जान दिए म पुर्णकालिन हुन्छु नत्र गाउँ फर्किने कुरा गरे। उता सेना साथिहरु प्रबल दाइहरु दिदिको आँखा छलेर मलाई फकाउने गर्नु हुन्थ्यो। धेरै समय पछि दिदिबाट मलाई जान दिने अनुमती भयो। त्यही बिचमा मलाई साल्मेको लाल बस्तीको बिचमा म र प्रकाशलाई सेनाको जिम्मा लगाउनु भयो। त्यसै बिचमा पाटिमा उपनाम के नाम राख्ने भन्ने कुरा भयो दिदिले भन्नू भयो मेरो नाम क.कुशल रे अनि प्रकाश भाइको नाम क.कुसुम भनेर ।

दिदीले धेरै सम्झाउनु भयो र भन्नू भयो वर्ग दुश्मन लाई चिन्नु आन्दोलनबाट बिचलित नहुनु आज हामी संगै छु भोलि नहुन सक्छ यो भेट्नै अन्तिम हुन सक्छ मेरो भाईहरु प्रगति गरिराख्नु हामिलाई नबिर्सिनु भौगोलिक रुपमा हाम्रो कार्य क्षेत्र फरक हुन सक्छ तर हाम्रो मिसन एउटै हो मात्र मोर्चा फरक हुन पाटिमा टिकेर बचेर काम गर्नु भन्नू भयो। दिदिले अरु केही दिना सक्दिन यो पछ्यारा लैजानु भनेर दुबै मिलेर ओढ्नु भन्दै आफुले ओढेको बाग्लो पछ्याउरा दिनु भयो। हाम्रो जित निश्चिति छ अन्तिम सम्म लड्नु पर्छ भाइहरु भन्दै दिदिसंग दारिलो हात मिलाउदै पछि भेट्ने आशा सहित कार्यक्रम सकेको भोलि पल्ट देखि हामीहरु आ आफ्नै बाटो कार्य क्षेत्र गयौ ।

दिदी संग छुट्टेको केही दिन पछि दिदिको शाहदतको खबर सुनेउ त्यो दिन यती मन रोयो  उज्यालो दिन पनि मधुरो आवास भयो अनि जब रात पर्न थाल्छ सुत्ने समयमा दिदिको पछ्याउराले दिदीको याद दिलाइरहन्थे हर साँझ यसरी नै कयौं रातहरु कटायो। पछि सबै कुरा सामान्य हुँदै गए बलिदान नै क्रान्तिको उर्जा  सम्झेर हाँस्दै गर्दा रोएको क्षण सम्झे रुदै गर्दा हाँसेको दिन सम्झे। क्रान्ती निर्मम हुन्छ भन्ने कुरा सम्झे। दिदिले भनेको सबै कुरा सम्झे त्यसैले म बिचलित भइन।

तर आज शान्ति प्रक्रियामा आएर चाहि हामिलाई हाम्रो नेतृत्वले बिचलित गरायो अनि खाडिको देशहरुमा भौतारिन विवश तुल्यायो। आन्दोलनमा बलिदान गर्नेहरुलाई लागि बलिको बोको बनायो। समाज परिवर्तन गर्छु भनेर हिड्नेहरु आज जाड रक्सी जुवा तास मोज मस्ती गर्ने। दलाल भ्रस्टाचार सामन्तीसंग उल्टै टाउको जोडेर बसेका छन । मिलेर कमिसन खाने देश प्रती गद्दार गर्ने। बिदेशी दलालहरुको इसारामा चल्ने सत्तालाई गरिखाने भाँडो बनाउने। नाताबाद र कृपावादको सेवा गर्ने । सम्पतिको लोभमा आफ्नो ईमान बेच्ने। राजनीति मुद्दाहरु पोलेर खाने।सहिदको रगतलाई फगत रंग सम्झिने संसदीय ब्यबस्थ खसीको टाउको झुन्डाएर कुकुरको मासु बेच्ने थालोमा चित्रण गर्ने हाम्रो महान भन्ने नेता जिहरु सत्ताको भोगि भए हामी जस्तो दिन दुखीहरु जोगि भए।अनि यो देशको लागि  हाँसीहाँसी आफ्नो प्राणको अहुती दिने हाम्रा सहिदहरुलाई गल्लीमा मरेको कुकुर जस्तै बनायो।

ती सहिदको छोराछोरीहरुलाई  टुहुरा र अनाथ बनायो।घाइतेले टेक्न र देख्न पाएनन् पेट भरी खाना पाएन अशक्त शरीरमा रोएर दिन बिताउदै उपचारको आशामा जीवन जीउँदै छ्न।बेपत्ताको परिवारलाई न चिहान देखाउन सकियो न लास देखाउन सकियो जिन्दगी भरी प्रियजन र आफन्त जनहरुलाई भेट्ने र फर्किने आशा र अविलास बोकेर आशैको संसारमा बाँच्न विवश बनायो। सहिदको रगतमा सत्ता साँटेर चौरासी बेन्जन खाना र महलमा बसेर झुपडीमा बस्नेहरुलाई तिमीहरु आज आस्वस्त पार्ने कुरा गर्दैछ्न रे त्यो तिम्रो आँखामा गोहिले खाने बेला जस्तै झारेको आँशु त्यो कदपी हामी स्विकार्य छैन ।तिमिहरु गद्दार हौं अब इतिहासले माफी दिदैन। दुइ चार जान खुरापातीलाई छेउछाउमा राखेर तिमिहरुले सहिदहरुले गरेको लगानीहरुको ब्याज खाना मिल्दैन।

सहिदहरुको सपना र हाम्रो मनोकामना सम्मान ढंगले बाँच्न पाउनु हो।अनि मात्र हाम्रो प्यारी दिदी पार्वती पौडेल क.रक्तिमा जस्तै हजारौं प्याराप्यारी नेपाल आमाका सपूत तथा ती महान सहिदहरुले सम्मान पाउनेछ प्रिय दिदी प्रती हार्दिक श्रद्धा सुमन

श्याम बहादुर लामा (क.कुशल)

नुवाकोट, पन्चकन्या गापा ४ आरुखर्क

हाल पराई भुमि, मलेसिया

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार