राम तामाङको दोस्रो प्रस्तुति नाम्सा धिम

COMING SON

 

 

प्रचण्ड माधब समुहको केन्द्रीय कमिटीको बैठकबाट ८ जना नेता निलम्बन ।

 

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओली समूहका ७ जना नेतालाई कारबाही गरेको छ ।बैठकले केपी ओलिलाइ संसदीयदलको नेता बाट हटाएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी आचरण विरुद्धको काम गरेको भन्दै संसदीय दलको नेता सुवासचन्द्र नेम्वाङ, सचेतक शान्ता चौधरी, महेश बस्नेत, विशाल भट्टराई, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

बैठकले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र सचेतक शान्ता चौधरीलाई पनि पदमुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने स्थायी कमिटीको निर्णयलाई अनुमोदन समेत गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार