राम तामाङको दोस्रो प्रस्तुति नाम्सा धिम

COMING SON

 

 

रचना मोक्तानको कविता “पर्खिरहेछु सूर्यास्त सम्म”

आसमान-धर्ति झै,
तिम्रो मेरो,
दुरता रहदा,
खुशि हुन्छौ,
भने,
यो भ्याकुम,
जस्तै रिक्तता,
अनि शुन्यता,
स्विकार्य छ मलाई,
यदी तिम्लाई,
पुर्णता मिल्छ भने,
खुशि मिल्छ भने ।

अझ विस्तार गरीदेउ
अझ सुदूर दूरी बढाईदेउ
तिमीले यो हृदयको दूरतालाई
म क्षितिजसम्मै निर्निमेष हेरीरहन्छु
म अनन्त आसमनसम्मै हेरिरहन्छु
जहाँसम्म देख्छु म
त्यहाँसम्म तिमीलाई खोजिरहन्छु
अँध्यारो रातपछिको सुनौलो बिहानी
खोजे झैं
सूर्योदयदेखि सूर्यास्तसम्म
म तिमीलाई नै
एकाग्र भएर पर्खिरहन्छु,पर्खिरहन्छु।
रचना मोक्तान (यात्री)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार