राम तामाङको दोस्रो प्रस्तुति नाम्सा धिम

COMING SON

 

 

नेकपाका महासचिव बिप्लव हेलिकप्टर चढेर काठमाडौं आउन इन्कार।

 

काठमाडौ / नेपाल कम्युनिष्ट पार्टीका नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले हेलिकप्टर चढेर काठमाडौं आउन इन्कार गरेका छन्। बिहिबार सरकार र नेकपाबीच ३ बुँदे सहमति भएपछि प्रतिबन्ध फुकुवा भएको छ भने नेता कार्यकर्ता छाड्न सरकार तयार भएको छ।

आज भएको सहमति बारे विस्तृत रुपमा भोलि औपचारिक कार्यक्रम गरेर सार्वजनिक गरिने छ। राष्ट्रियसभागृहमा शुक्रबार दिउसो नेकपा महासचिव विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा सहमतिपत्रमा हस्ताक्षर गर्नेछन्। हस्ताक्षर गरिसकेपछि दुवैजनाले सम्बोधन गर्ने कार्यक्रम छ।

सो कार्यक्रममा लागि उपत्यका बाहिर रहेका विप्लवलाई गृहमन्त्री रामबहादुर थापाले जहाँ भएपनि हेलिकोप्टर चार्टड गरेर पठाउन खोजेका थिए। तर, विप्लवले भने गाडीमै आउने बताएका छन। पार्टीका नेताहरुले गाडीमा जान सुझाएपछि विप्लव गाडी चढेरै काठमाडौं आउन लागेका हुन।

विस २०६३ सालमा तत्कालिन माओवादी शान्ति वार्तामा आउँदा माओवादीका अध्यक्ष प्रचण्ड र नेताहरु बाबुराम भट्टराई लगायतका नेताहरु हेलिकप्टरबाटै पोखराको सिकलेसबाट काठमाडौं आएका थिए। तर, विप्लवले भने हेलिकोप्टर चढ्न इन्कार गरेका हुन। अति आवश्यक पर्दामात्रै हेलिकोप्टर चढ्न उनलाई पार्टीका नेताहरुले सुझाएका छन्।

२ बर्ष अघि सरकारले प्रतिबन्ध लगाएपछि विप्लव सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। उनी कहाँछन् भन्नेबारे सर्वत्र चासो रहने गरेको थियो। सरकारले विप्लवलाई पक्राउ गर्न ठूलो संख्यामा सुरक्षाफौज परिचालन गर्दा समेत भेट्टाउन सकेको थिएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार