राम तामाङको दोस्रो प्रस्तुति नाम्सा धिम

COMING SON

 

 

कपिलवस्तु प्रहरीद्वारा कपिलवस्तु नगरपालिकाको विभिन्न स्थानहरुबाट अबैध वस्तु बरामद

शुरेेस कुमार पांन्डेय:कपिलवस्तु / शनिबार दिउँसो ३:३० बजेको समयमा कपिलवस्तु नगरपालिका ४ गोपालपुर स्थित प्रहरी निरीक्षक जगन्नाथ मरासिनिको कमाण्डमा खटिएका ५ जनाको गस्ति टोलीलाई देखी भारतबाट नेपाल तर्फ अबैध रुपमा लु १ ह ३५१२ न.को अटो रिक्सामा बोईलर कुखुराको काटेको मासु र अटो रिक्सा छाडी चालक फरार भएको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार उक्त मासु अन्दाजी डेढ कुन्टल करीब ५४,०००।–(चौवन्न हजार) मुल्य बराबरको थियो। प्रहरीले बरामद गरेको कुखुराको मासु खाल्टोमा पुरी नष्ट गरेको छ भने अटो रिक्सा सुठौली भंसार कार्यालय कपिलवस्तु पठाउने पहल गरिरहेको जनाएको छ ।

त्यस्तै शनिबार ४:३० बजेको समयमा शुद्धोधन गाउपालिका वडा नं.-५ फुलुवापुर स्थित भारत बाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलि बोकेर ल्याउदै गरेको ४० किलो अन्दाजी मुल्य रु.२०,०००।–(बिस हजार) बराबरको मांगुर जातको भुरा माछा प्र.ना.नि.रमेश गुरुङको कमाण्डमा खटिईएका टोलीले बरामद गरेको छ ।

उक्त टोलीलाई देख्न साथ उक्त व्याक्तीले समान छाडी फरार भएको थियो । प्रहरीले माछा नियन्त्रणमा लिई खाल्डोमा पुरी नष्ट गरिएको जनाएमको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार