राम तामाङको दोस्रो प्रस्तुति नाम्सा धिम

COMING SON

 

 

कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप आज ३ लाख ४८ हजार डोज कोभिड-१९ विरुद्धको खोप ११ बजे आइपुग्दै ।

 

काठमाण्डाै / कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप आज नेपाल आइपुग्ने भएको छ ।कोभ्याक्सले दिने भनिएको एक करोड ३० लाख डोज खोपमध्ये आज ३ लाख ४८ हजार डोज कोभिड-१९ विरुद्धको खोप आउने भएको हो ।

कोभ्याक्सले नेपालको खोप लगाउने जनसङ्ख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी चरणबद्ध रुपमा एक करोड ३० लाख डोज खोप नि:शुल्क उपलब्ध गराउने छ । जस मध्ये पहिलो चरणमा आज ३ लाख ४८ हजार डोज खोप नेपाल आईपुग्नेछ ।

कोभ्याक्सले नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बिहान सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो खेपअन्तर्गतको खोप आइपुग्ने जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी)ले ‘कोभ्याक्स सुविधा’अन्तर्गत २० प्रतिशत  नागरिकलाई पुग्ने गरी खोप दिन लागेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार