राम तामाङको दोस्रो प्रस्तुति नाम्सा धिम

COMING SON

 

 

ईसेवा आइडि मा अनाधिकृत रुपमा पहुँच पुर्‍याई ठगी गर्ने व्यक्ति पक्राउ”

 

काठमाडौ / पिडितहरुको बारेमा पुर्ण जानकारी लिई भेटघाट गरी बिभिन्न बहाना बनाई निजहरुले चलाउदै गरेका कम्प्यूटर, ल्यापटप, मोबाईल हेरी उक्त Device बाट Google Account को password थाहा पाई पीडितहरुको Esewa id खोली fake Gmail Account Create गरी पीडितको Esewa ID मा आफ्नो अनाधिकृत रुपमा पहुँच पुर्‍याई अन्य व्यक्तिको नामको खाता लगायत E-sewa समेतमा रकम रकमान्तर गरी अनलाईन ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन ।

पिडित ब्यक्तिहरुले दिएको उजुरीको अधारमा काठमाडौ महाशाखाले यस घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा अनलाईन ठगी कार्यमा संलग्न दाङका एक ब्याक्ती पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङ जिल्ला तुल्सीपुर उ.म.न.नं. ४ घर भई हाल का.जि. का.म.न.पा.वडा नं. ७ चावाहिल बस्ने बर्ष २३ को आशिष खड्कालाई मिति २०७७।११।२१ गते अ. १३:०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमि न.पा. वडा नं.२ सानोठिमिबाट पक्राउ गरी निज आशिष खड्कालाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागी आज मिति २०७७।११।२३ गते महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको जनाएको छ ।

पक्राउ व्यक्ति
नामथर :- आशिष खड्का
उमेर :- २३ बर्ष
ठेगानाः- जिल्ला दाङ तुल्सिपुर उ.म.न.पा. वडा नं. ४ घर भई हाल का.जि.चावाहिल

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार