भक्तपुरमा स्रोत नखुलेको ४२ लाखसहित एक जना पक्राउ

 

काठमाडौ / भक्तपुर जिल्ला प्रहरीले स्रोत नखुलेको रु ४२ लाखसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि वडा नं ३ कौशल्टार स्थित अरनिको राजमार्ग सडकमा चेक जाँचको क्रममा दोलखा घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं ३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिका अनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट रु २७ लाख र निजको कोठा खानतलासी गर्दा थप रु १५ लाख बरामद भएको हो ।

प्रहरीले उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले उक्त रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार