रारा संयुक्त रचनावाचन र सम्मान कार्यक्रम सम्पन्न ।

काठमाडौ / राराले संयुक्त रचनावाचन साथै सम्मान कार्यक्रम सनिवार राष्ट्रिय नाचघर जमलमा सम्मपन्न भएको छ ।

छोटो समयमा थुप्रै साहित्यिक कार्यक्रमहरू गर्दै आएक‍ो यस रारा साहित्य प्रतिष्ठानले फागुन २९ गते शनिबारका दिन राष्ट्रिय नाचघर जमल काठमाण्डौमा संयुक्त रचना वाचन तथा श्रष्टा सम्मान कार्यक्रम २०७७ सम्पन्न गरेको छ।

जसमा कर्णालीका बहुचर्चित लोकप्रिय गायक शुरेश शाही र राराको छेउमा फक्रिँदै गरेकी नवगायिका प्रतिमा रावलको सांगीतिक प्रस्तुति गर्नुभयो भने गजलकार, निर्दोष क्षेत्री अतीत ,सजना वाइबा, प्रयत्ना वाइबा, सपना घिमिरे ,डिल्लीप्रसाद छत्कुली ,४/४ गजलसुनाउनु भो मुक्तकारहरु दिनेश पुन र नवराज बिष्ट ‘सफल’ ६/६ मुक्तक सुनाउनु भो कवितामा उमेश अवस्थी ‘आदर्श’ ज्युले २ कविता सुनाउनु भो यश कार्यक्रमका प्रमख अतिथि बरिस्ठ गजलकार ज्ञानुवाकार पौडेल स्वागत मन्तव्यमा प्रेमप्रकाश क्षितज र सञ्चालकमा प्रकाश बम पारिश्रमिक हुनुहुन्थ्यो।

कला साहित्य र संस्कृतीको जगेर्नासँगै साहित्य मार्फत रारा र स्रष्टाका रचनालाई देश-विदेशसम्म पुर्याउने रारा साहित्य प्रतिष्ठानको अभियान निरन्तर हुने कुरा संस्थाका अध्यक्ष- दलु बुढा निश्चलले बताउनु भयो उक्त कार्यक्रमको भिडियो सहयात्रा टिभीबाट युट्युबमा हेर्न पनि सक्नुहुने छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार