म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

 

काठमाडौ / इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिड युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेकाे छ।

आज राति भएकाे खेलमा सिटी जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २-१ गाेलअन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेकाे हाे। यता, रियल इंग्लिस कल्ब लिभरपुलसँग बराबरी खेल्दै अन्तिम चारमा पुगेकाे हाे।

सिग्न इडुना पार्कमा भएकाे खेलमा सिटीले घरेलु टाेली डर्टमुन्डलाई २-१ गाेलले पराजित गरेकाे हाे। सिटीकाे जितमा रियाद महारेज र फिल फोडेनले समान १/१ गाेल गरे। यता डर्टमुन्डका जुडे बेलिङघमले एक गाेल परेपनि त्याे प्रयाप्त हुन सकेन।

पहिलाे लेगमा २-१ ले पछि परेको डर्टमुन्डले खेलमा सुरुवाति अग्रता लिएकाे थियाे। १४औं मिनेटमै बेलिङघमले गाेल गर्दै अग्रता दिलाए। तर, त्याे अग्रता लामाे समय टिक्न सकेन।

५४औं मिनेटमा सिटीका महारेज पेनाल्टीमार्फत् गाेल गर्दै खेलमा फर्काउने काेसिस गरे। यस्तै ७४ मिनेटमा फाेडेनले गाेल गर्दै सिटीलाई २-१ गाेल अन्तरले जिताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार