कोरोना संक्रमित एकजना पुरुषको मृत्यु ।

 

काठमाडौ / बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल पर्सन नारायण जोशीले जानकारी दिए।

संक्रमित पुरुष भारतको तामिलनाडु भन्ने ठाउँबाट चैत २९ गते बझाङ आएका थिए। उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन्ट विधिबाट चेक गर्दा पोजेटिभ देखिएको थियो।

उनी भारतको ब्याङलोर भन्ने ठाउमा केही वर्षदेखि काम गर्दे आएका थिए। उनी घर आएको करिब १५ दिनपछि उनको मृत्यु भएको उनका परिवार स्रोतले बताएको छ।

संक्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारको लागि कोहलपुर लाँदै गर्दा बाटोमै मृत्यु भएकोसमेत फोकल पर्सन जोशीले बताए।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार