आगामी तीन दिनको मौसम

 

काठमाडौ / जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौँका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।

देशको पहाडी भू-भागहरूमा आशिक बदली रही बाकी भू-भागमा सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौँले जनाएको छ ।

२०७८ बैशाख १० गते (शुक्रबार)

दिउँसोः देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भू-भागहरुमा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आँशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ बैशाख ११ गते (शनिबार)

बिहान:  देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश , सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।

२०७८ बैशाख १२ गते (आइतबार)

बिहान:  देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।

राती:  देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/ हावाहुरी सहित क्षणिक/हल्का  वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार