बस दुर्घटना हुँदा १६ जना घाइते अवस्था गम्भीर

 

काठमाडौ / धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ धार्के चालिसेमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ ।

स्याङजाबाट यात्रु लिएर आएको ना ५ ख ४९१६ नम्बरको बस गए राति ९ बजे अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

दुर्घटनामा घाइते भएकाहरुको शिव दर्शन अस्पताल धार्के र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार