संगिता भट्टराइको गजल ( जसको मुटु ढुङ्गाजस्तो देखें मैले )

संगिता भट्टराइ

 

जसको मुटु ढुङ्गाजस्तो देखें मैले
त्यसैमाथि आफ्नो नाम लेखें मैले

जतातिर बल्यो आगो उतैतिर
प्रतीक्षामा आफ्नो हात सेकें मैले

चौबाटोमा उभिएर सोच्दै छु म
बाटोमा खुट्टा आफ्ना टेकें मैले ?

मध्याह्नमा हिँड्दा लाग्न थालेको छ
आफ्नो छाया आफूले नै छेकें मैले

‘मनु’लाई भेटेपछि गन्न थाले
गुमाएछु जिन्दगीमा के-के मैले ?

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार