त्रिपुरेश्वरमा गाडी दुर्घटना ।

 

काठमाडौं / काठमाडौंको त्रिपुरेश्वरमा खाद्यान्न बोकेको गाडी दुर्घटना भएको छ।
त्रिपुरेश्वरस्थित पशुपन्छी अस्पताल  अगाडि भ्यानलाई ओभरटेक गर्ने क्रममा बा – ०१ – ०२५च ०६७२ नम्बरको गाडी दुर्घटना भएको हो ।

खाद्यान्न बोकेको गाडी ओभरटेक गर्ने क्रममा ब्रेक फेल भइ सडकमै पल्टिएको प्रहरी कार्यालय कालिमाटीले जानकारी दिएको छ । सो गाडीले गुडिरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सामान्य घाइते भएका छन् ।

गाडी र स्कुटरमा सामान्य क्षती भएपनि मानविय क्षती भने नभएको प्रहरीको भनाइ छ । गाडी चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार