कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे प्रदेश अस्पतालको छड्के

 

काठमाडौ / कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गरेका छन् । सामाजिक विकास मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गरेका हुन्।

शाहीले कर्णालीमा पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएपछि अस्पताल पुगेर बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिएका हुन्।

आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीसहित अस्पताल पुगेका मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमितहरू रहेको आइसोलेशन वार्डको निरीक्षण गरेको छ ।

अस्पतालको सेवा तथा बिरामीहरूको अवस्थाको अनुगमन तथा निरीक्षणको क्रममा उनले अस्पताल निर्देशक डा. डम्बर खड्का र कोरोना सम्पर्क व्यक्ति डा. केएन पौडेलसँग उपचार सेवा प्रभावबारे जानकारी लिए।

अनुगमन पश्चात अस्पतालका निर्देशक डा.डम्बर खड्का सहित चिकित्सकहरूलाई उपचार सेवा प्रभावकारी बनाउन निर्देशन दिए। कोभिड उपचारका लागि अग्रभागमा रही सेवा गरिरहेका स्वास्थ्यकर्मीहरूका गुनासो एवं समस्याबारे पनि उनले जानकारी लिएका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार