श्रीमतीले खुकुरी प्रहार गरि श्रीमानको हत्या ।

 

जनकपुर / धनुषामा आफ्नै श्रीमतीले श्रीमानको खुकुरी प्रहार गरि हत्या गरेको छ ।

जिल्लाको हंसपुर नगरपालिका वडा नं ६ टिल्ही टोलमा शुक्रबार राती २५ बर्षिय शम्भु मण्डलको बीभत्स हत्या गरेको हो ।

२५ बर्षिय शम्भु मण्डललाई उनकै श्रीमतीले धारिलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

शुक्रबार मध्यराति समन्या विवादमा शम्भुलाइ २३ बर्षिय श्रीमती सुशीला देवी मण्डल र भाइहरु अनिल मण्डल र जय मण्डलले कुटपिट गर्दै धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए ।

मृतक मण्डलको घाँटी र शरिरको विभिन्न भागमा काटिएको छ । कुटपिटबाट मृत्यु भएपछी निज श्रीमती सुशीला देवि मण्डल र भाइहरु फरार भएका छन प्रहरीले भने ।

उक्त घट्नास्थलमा पुगेका प्रहरीले हत्या बरे अनुसन्धान गरिरहेको र मृतक मण्डलको शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल जनकपुरधाम पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार