बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

 

काठमाडौ / बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एकजना रहेका छन्।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हाे। यही वैशाख १६ गते भर्ना गरिएका उनको १७ गते साँझ ७ बजे पीसीआर परिक्षण गरिएको थियो। उनको रिपोर्ट नआउँदै मृत्यु भइसकेको थियो।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा राति ९ः३० बजे मृत्यु भएको छ। यही वैशाख १५ गते भर्ना गरिएका उनको १६ गते पीसीआर परीक्षण गरिएको थियो।

नेपालगन्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ। यही वैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलिपल्ट पीसीआर गरिएको थियो। गएराति १० बजे उनको मृत्यु भएको हाे।

नेपालगन्ज वडा नम्बर १० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका बिरामीको आज बिहान ४ बजे मृत्यु भएको छ।

मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। वैशाख १० गते कोहलपुरमा भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो। राति १२ः३० बजे उनको मृत्यु भएको काेभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएकाे छ।

दाङ दंगीशरण गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। यही वैशाख ८ गते भर्ना गरिएका उनको ११ गते पीसीआर परिक्षण गरिएको थियो। उनको आज बिहान ४ बजे मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८ पुगेकाे छ। रासस

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार