पछिल्लो २४ घण्टामा ५७६३ जनामा कोरोना पुष्टि । १९ जनाको मृत्यु

 

काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १४४०३ जनाको आरटी पीसीआर र ५६६ जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्द ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल सम्म २४ लाख ८८ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। आज थप भएका ५७६३ जना सहित हालसम्म ३ लाख २८ हजार ८ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा १२८७ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सहित हालसम्म २ लाख ८२ हजार ३ सय ८२ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्। कोरोना संक्रमित हुने मध्ये निको हुनेको प्रतिशतमा ८५.९% प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमित ४३ हजार २ सय १३ जना छन्। क्वारेन्टाइनमा ६७ जना छन ।हालसम्म मृत्यु हुनेको संख्या आज थप १९ जना सहित ३ हजार २ सय ९८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइसियुमा ४०१ जना छन । भेन्टिलेटरमा ११० जना छन ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार