मकवानपुर जिल्ला बैशाख २० गतेबाट निषेधाज्ञा

 

काठमाडौ / मकवानपुरमा बैशाख २० गतेबाट लकडाउन हुने भएको छ । कोरोना संक्रमितको संख्या बढेर ५ सय नाघिसकेकाे अवस्थामा संक्रमण जोखिमलाई मध्यनजर गर्दै अर्काे सूचना नभएसम्मकाे लागि निषेधाज्ञा गर्न मकवानपुरको कोभिड–१९ संक्रमण रोकथाम,नियन्त्रण तथा व्यवस्थापनको बैठकले जिल्ला सुरक्षा समितिलाई  सिफारिस गरेकाे हाे ।

केहिबेर अघि जिल्ला प्रशासन कार्यलय मकवानपुरमा बसेकाे कोभिड–१९ संक्रमण रोकथाम,नियन्त्रण तथा व्यवस्थापनको बैठकले जिल्लामा हेटौंडा उपमहानगरपालिका,थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिका गरि ४ वटा स्थानीय तहका स्थिति नियन्त्रणमा नआउँदा सम्मकाे लागि निषेधाज्ञा गर्न सुरक्षा समितिलाई सिफरिस गरिएकाे बैठकमा सहभागि मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले जानकारी दिए ।

न्याैपानेका अनुसार निषेधाज्ञा गरिएको क्षेत्रमा अत्यावश्यक बाहेक आफु बसेको घरबाट बाहिर निस्कन पाईने छैन् । बैठक जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा बसेको हाे ।

यसअघि शुक्रबार जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड–१९ संक्रमण रोकथाम,नियन्त्रण तथा व्यवस्थापनको बैठकले आज शनिबारबाट लागु हुनेगरि हेटौंडा उपमहानगरपालिका क्षेत्रमा लागु हुने गरि होटल देखि चिया पसलसम्म  बन्द गर्ने निर्णय गरेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार