आजको माैसम मेघगर्जन/ चट्याङ्ग/ हावाहुरी सहित बर्षा

 

काठमाडौ / जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौँका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

देशभर पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ । वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ हावाहुरी सहित बर्षा भईरहेको जनाएको छ ।

२०७८ बैशाख १९ गते (आइतबार)

दिउँसो: देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ। वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार