आज ४ बजे मन्त्रिपरिषद बैठक बोलाएको छ

 

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

आज बस्ने बैठकको ठोस् एजेण्डा बाहिरिएको छैन् नियमित बैठक स्वरुप बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्ने बताईएको छ । कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने छ ।

मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार