लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले दिए राजिनामा

 

काठमाडौँ / लुम्बिनी प्रदेशको मुख्य मन्त्री संकर पोखरेलले राजिनामा दिएको छ ।लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्।

पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ।

प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ।

२०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए। २०७४ मा प्रदेश सरकार बनेपछि पहिलो पटक मुख्यमन्त्री पोखरेलको सरकार ढलेको हो।

मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो।संविधानको धारा १६८ अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ र ९१० अनुसारको सरकार गठनका लागि पोखरेलले राजीनामा दिएको स्रोतले बताए ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको छ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार