अवधी साहित्यिक वेबनार सम्पन्न

 

कपिलवस्तु / अवधी साहित्य को बिकास एवं सम्बर्धन गर्न अन्टा-अवध को वेबनार कार्यक्रम को दोस्रो भाग गत शनिवार आयोजना गरियो।

अमेरिकी प्रवासमा रहेका अवधीभाषी र नेपाल तथा भारत का अवधीभाषीलाई एकजुट गराई अवधीको सर्वागींण विकासको उद्देश्यले अन्टा ( एसोसिएसन अफ नेपाली तराईन इन अमेरिका) ले गत हप्ता देखि वेबनार आयोजित गर्दै आएको छ।

सो वेबनार अन्तर्गत तीन वटा कार्यपत्र प्रस्तुत भयो। “अवधी लोक साहित्य का बिबिध पक्ष” बिक्रममणि त्रिपाठी, “बर्तमान अवधी साहित्य तथा भाबी कार्यदिशा” हंसावती कुर्मी र “अवधी सहित्य का स्वर्णिम काल ” भगवान यादव ले प्रस्तुत गरेका थिए।

कार्यक्रमको प्रारम्भ मा अंटाकीअध्यक्ष अपराजिता मिश्र झा ले कोरोना संक्रमणमा परि दिवंगत भएका लाई श्रंद्धाजलि अर्पण गर्दै अवधी साहित्य लाई उर्जा दिन वेबनार गरिएको बताउनु भयो।सो कार्यक्रममा भारतका अवधी भाषी अमेरिका बस्दै आउनु भएका धुन सांगितिक समूहकी गायक गौरी पाण्डेयले गीत प्रस्तुत गर्नु भएको थियो।

कार्यकममा नेपाल, भारतका साथै अमेरिकी अवधीभाषी हरुको सहभागिता थियो।छलफलको क्रममा लोक साहित्य को बिकास बिना समाजको उत्कृष्ट कार्य लाई टेवा दिन नसकिने र बिकृति बिसंगीति लाई समाप्त पार्न नसकिनेमा जोड दिइयो। कार्यकमको संचालन आलोक तिवारी र बिजय वर्मा ले गर्नु भएको थियो भने प्रबिधिक संयोजन रूबी देवले गर्नु भयो।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार