पछिल्लो २४ घण्टामा ७१३७ जनामा कोरोना पुष्टि । २७ जनाको मृत्यु

 

काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १६१४७ जनाको आरटी पीसीआर र ६२३ जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्द ७ हजार १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १६७७० जना सहित हाल सम्म २५ लाख ४ हजार ४ सय ७६ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। आज थप भएका ७१३७ जना सहित हालसम्म ३ लाख ३६ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा १६१२ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सहित हालसम्म २ लाख ८३ हजार ९ सय ९४ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्। कोरोना संक्रमित हुने मध्ये निको हुनेको प्रतिशतमा ८४.५% प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमित ४८ हजार ७ सय ११ जना छन्। क्वारेन्टाइनमा ६७ जना छन ।हालसम्म मृत्यु हुनेको संख्या आज थप भएका २७ जना सहित ३ हजार ३ सय २५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइसियुमा ४७७ जना छन । भेन्टिलेटरमा १३१ जना छन । आज संक्रमित भएका मध्ये महिला २८६४ जना र पुरुष ४२७३ जना छन ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार