संघीय संसद्काे बजेट अधिवेशन बाेलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

 

काठमाडाैं / मन्त्रिपरिषदको बैठकले संघीय संसद्काे बजेट अधिवेशन बाेलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले वैशाख २७ गते सदनकाे अधिवेशन बाेलाउन राष्ट्रपति भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेकाे कृषि तथा पशुपक्षी विकास मन्त्री पद्‍‍मा अर्यालले जानकारी दिनुभयाे ।

उहाँका अनुसार साेही दिन नै प्रधानमन्त्री ‌ओलीले प्रतिनिधि सभामा विश्वासकाे मत लिनुहुनेछ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिइसकेको हुँदा केपी ओलि सरकारलाइ हाल बहुमत कायमै छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार