लुम्बिनी प्रदेशका नवनियुक्त एमालेका मुख्यमन्त्री शंकर पोखरेलले गरे चार जना मन्त्री नियुक्त ।

 

काठमाडौ / लुम्बिनी प्रदेशका नवनियुक्त एमालेका मुख्यमन्त्री शंकर पोखरेलले चार जना मन्त्री नियुक्त गरेका छन्।

नवनियुक्त मन्त्रीमा वैजनाथ चौधरी, सन्तोष पाण्डे, हरि रिजाल र विजय यादव रहेका छन ।

चौधरी र रिजाल एमाले सांसद हुन् भने पाण्डे र यादवलाई जनता समाजवादी पार्टीले सांसदबाट निष्कासन गरिसकेका संसद हुन ।

मुख्यमन्त्री कार्यालयका अनुसार, चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मा दिइएको छ। भौतिक पूर्वाधार मन्त्रालय पाण्डेले पाएका छन्। रिजाललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिएको छ।

नवनियुक्त मन्त्रीले हिजो पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

पाण्डे र यादव यसअघि जनता समाजवादी पार्टीका तर्फबाट मन्त्री भएका थिए। तर, उनीहरूलाई पार्टीले कारबाही गरेपछि सांसद पद गुमेको छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार