कोरोना भाइरसको नियन्त्रणका निमित्त छत्रदेव गा.पा वडा नं ६ को अपिल

 

अर्जुन पोखरेल: अर्घाखाँची / अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ठूलापोखरा,वडा नम्बर ६ का वडा कार्यालयले कोरोना संक्रमणको प्रभाव बढेको भन्दै न्युनिकरणका निमित्त वडा भित्रका सबै राजनीतिक दल सुरक्षाकर्मी लगायतलाई सतर्क हुन र स्वास्थ्य मापदण्डमा बस्न अनुरोध गर्नु भएको छ ।

यस्तो छ वडा कार्यालयले गरेको अनुरोध 

नयाँ भेरिएन्ट सहितको कोरोना भाइरसको प्रभाव दिन प्रतिदिन हाम्रो टोल छिमेकमै विस्तार हुँदै गएको र सोको नियन्त्रण र व्यवस्थापन सबैका निम्ति अत्यन्तै चुनौती बनेर आइरहेको साथै वडा भित्र पनि संक्रमितहरु रहेको सन्दर्भमा यसको न्युनिकरणका सम्बन्धमा यस वडा नं. ६ मा क्रियाशिल विभिन्न राजनितिक दल, स्वास्थ्य संस्थाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रध्यानाध्यापक, सुरक्षाकर्मी र जनप्रतिनिधि सहितको वैठकबाट नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकारका विभिन्न निकायहरुबाट प्राप्त नीति, निर्देशनलाई प्रतिकुल नहुने गरी थप केही कामहरु गर्न आवश्यक देखिएकाले देहाय बमोजिम गर्नु गराउनुहुन सबैमा अनुरोध गरिन्छ ।

१.कोरोना भाइरसको प्रभावबाट बँच्नका निमित्त नियमित सुरक्षित मास्कको प्रयोग गर्ने, साबुन पानीले राम्रोसँग हात धुने, खानेकुरा धोई-पखाली राम्रोसँग पकाउने, भिडभाडबाट टाढै रहने लगायतका कार्यलाई प्रभावकारी ढंगले पालना गर्ने/गराउने ।

२.भारत वा तेस्रो मुलुकबाट आएका साथै नेपालकै पनि जोखिमयुक्त स्थानबाट यस ठाउँमा आएका नागरिकहरुले आफ्नो विवरण यस वडा कार्यालयमा पेश गर्ने र कम्तिमा पनि १४ दिन सम्म सुरक्षित रुपमा Home Quarantine मा रहने साथै यसरी Home Quarantine मा रहँदा प्रयोग गर्ने शौचालय एवं खाना खाने भाँडाहरु समेत छुट्टै प्रयोग गर्ने/गराउने ।

३.आफ्नो टोल छिमेकमा माथी उल्लेखित क्षेत्रबाट आएका नागरिकहरुको बारे खबर प्राप्त गरेमा सम्बन्धित टोलवासीहरुले समेत उक्त कुराको अनुगमन गर्ने र निजको गतिविधिलाई नियाल्ने साथै निजहरुलाई हौसलाका साथ Home Quarantine मा रहुँन्जेल सहयोग गर्ने ।
४.घर परिवारका कुनै सदस्यमा कोरोना भाइरसका लक्षणहरु खासगरी सिंगान बग्ने, घाँटी सुक्ने र दुख्ने, पखला लाग्ने, वान्ता हुने, लगातार टाउको दुख्ने, उच्च ज्वरो आउने, सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु आएको खण्डमा नीजलाई छुट्टै कोठामा राख्ने व्यवस्था गराउने साथै स्वास्थ्य सम्बन्धि सल्लाह लिने ।

५.गाउँमा पछिल्लो दिनमा व्यापक मात्रामा चलिरहेका बिहे भोज, पुजाआजा लगायतका क्रियाकलापहरुमा सकेसम्म न्युन उपस्थितिमा सम्पन्न गर्न/गराउन सल्लाह सुझाव दिने ।

६.भिडजन्य कुनै प्रकारका खेलकुद, सभा, सेमिनार जस्ता गतिविधिलाई पुर्णरुपमा प्रतिबन्ध गर्ने/गराउने ।

७.सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई प्रत्येक घरधुरीमा पुगी पारिवारिक अवस्थाको विवरण लिनका लागी जिम्मेवारी तोकिएकाले सो कार्यमा उच्चतम सहयोगका निम्ति सबैमा अनुरोध गर्दछु ।

८.उल्लेखित नीति नियमको पुर्ण पालना गराउन अटेर गर्ने कार्य भएको पाईएमा सुरक्षा संयन्त्रको प्रयोग गरी कारबाही प्रक्रियाका निम्ति अगाडी बढाउने कुराको जानाकारी गराउँदछु ।

सुरक्षित रहौं तर आतंकित नबनौं

अनुरोधक,
कमल पौडेल
वडा , छत्रदेव–६, ठूलापोखरा, अर्घाखाँची
संयोजक, सामाजिक विकास समिति, छत्रदेव गाउँपालिका

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार