मन्त्रिपरिषद बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

 

काठमाडौं / नेकपा एमालेको सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

बालुवाटारमा जारी बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो ।

अमिक शेरचन र शर्मिला त्रिपाठी दुवैजना माओवादी केन्द्रनिकट हुनुहुन्छ ।

साथै, मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तिको सिफारिस गरिएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार