निषेधाज्ञाका कारण जनतालाई भोकै मर्न दिइने छैन प्रधानमन्त्री

 

काठमाडौँ / एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले कोभिड १९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञा लगायतमा सहयोग र साथ दिन सबैमा आग्रह गर्नु भएको छ ।

कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष देखि महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याए पनि पुनः कोरोनाको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन अनुरोध गर्नु भएको छ। उनले छिमेकी र मित्रराष्ट्रलाई अक्सिजन लगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले गत वर्ष नै उपप्रधानमन्त्रीका संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरिएको र त्यसबाट सरकारी निकायबीच समन्वय गरिएको तथा देशभर होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापन गराइएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा नेपालले क्रमशः प्रगति हासिल गरेको बताए ।

देशभरका सबै अस्पताललाई पिसिआर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको बताउदै उनले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस्, कसैले पनि उपचार नपाएर ज्यान जान नपरोस् भनेर सरकारले सहजता अपनाएको बताए। उनले भने, “ जनताको स्वास्थ्य सुरक्षा पहिलो दायित्व हो । निषेधाज्ञाका कारण जनतालाई भोकै मर्न दिइने छैन। यस स्थितिमा पनि अर्थतन्त्र र रोजगारीलाई गतिशील बनाइनेछ। जनताको उपचार र सेवामा सबैको त्याग, लगनशीलता र समर्पणको म प्रशंसा गर्दछु।”

ओलिले बेड लुकाउने वा अनिययमिता जस्ता कार्य भेटिए अस्पताललाइ कारवाही गर्ने स्पष्ट गर्दै अक्सिजन उत्पादन बढाउन पनि पहल भइरहेको बताए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार