एकै दिन चितवनमा ४ जना कोरोना संक्रमितको मृत्यु ।

 

भरतपुर / चितवनमा सोमबार मात्रै चारजना कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेज सीएमसी मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेज सीएमएस मा एकजनाको मृत्यु भएको हो ।

जिल्लामा आज सम्म १३ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । सीएमसीमा ९ जना र सीएमएसमा ४ जना भेन्टिलेटरमा उपचार गराइरहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

जिल्लाका विभिन्न अस्पतालमा ६४ जना बिरामी आईसीयूमा उपचाररत छन् । तीमध्ये सीएमसीमा ३६ जना, सीएमएसमा १८ जना र भरतपुर अस्पतालमा १० जना छन् ।

जिल्लाका अस्पतालमा उपचार गराइरहेका २२० जना संक्रमित मध्ये भरतपुर अस्पतालमा १०६, सीएमसीमा ७८ र सीएमएसमा ३६ जना रहेका छन् ।

चितवन जिल्लामा भरतपुर अस्पतालमा ११० शय्या, सीएमसीमा १३९ शय्या र सीएमएसमा १०० शय्या कोभिड संक्रमितका लागि छुट्टाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार