पछिल्लो २४ घण्टामा ७४४८ जनामा कोरोना पुष्टि । ३७ जनाको मृत्यु

 

काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ घण्टामा १६६५८ जनाको आरटी पीसीआर र ५१८ जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्द ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १७१७६ जना सहित हाल सम्म २५ लाख २१ हजार १ सय ६४ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। आज थप भएका ७४४८ जना सहित हालसम्म ३ लाख ४३ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा २०२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सहित हालसम्म २ लाख ८६ हजार ५ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्। कोरोना संक्रमित हुने मध्ये निको हुनेको प्रतिशतमा ८३.३% प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमित ५४ हजार ४१ जना छन्। क्वारेन्टाइनमा २१२ जना छन ।हालसम्म मृत्यु हुनेको संख्या आज थप भएका ३७ जना सहित ३ हजार ३ सय ६२ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइसियुमा ५७८ जना छन । भेन्टिलेटरमा १४२ जना छन ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार