राष्ट्रपति निवासमा प्रदेश प्रमुखको सपथ ग्रहण सम्पन्न । एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष प्रदेश प्रमुख

काठमाडौं / राष्ट्रपतिले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्ती गरेका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

आज सोमबार राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६७ अनुसार उनीहरुलाई सपथ ग्रहण गराएकी हुन्।

चितवनकी पौडेल एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष हुन । उनी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार समेत हुन् ।

सप्तरीका यादव दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए। राप्रपाबाट उपसभामुख बनेका यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए।

आज बसेको मन्त्रिपरिषदको निर्णयअनुसार प्रदेश प्रमुख राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । मन्त्रिपरिषद्को सिफारीसमा राष्ट्रपति भण्डारीले आज गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख अमिक शेरचन र शर्मिला त्रिपाठीलाई पदमुक्त गरेका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार