नेपाली काङ्ग्रेसका कोरोना संक्रमित नेता शंकर भण्डारी अस्पताल भर्ना

 

काठमाडौँ / नेपाली काङग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना भएको छ ।

कोरोना सङ्क्रमणका कारण होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।

तनहुँ जिल्लाका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारी सहित उनका श्रीमती र छोरालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

पूर्वमन्त्री भण्डारीको श्रीमती र छोरा भने होम आइसोलेशनमा बसिरहेका छन ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार