पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना पुष्टि । ५५ जनाको मृत्यु

काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ घण्टामा १६१३१ जनाको आरटी पीसीआर र ५७१ जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्द ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १६७०२ जना सहित हाल सम्म २५ लाख ३७ हजार २ सय ९५ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। आज थप भएका ७६६० जना सहित हालसम्म ३ लाख ५१ हजार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा १७७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सहित हालसम्म २ लाख ८७ हजार ७ सय ९० जना कोरोना संक्रमण मुक्त भइसकेका छन्। कोरोना संक्रमित हुने मध्ये निको हुनेको प्रतिशतमा ८२% प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमित ५९ हजार ७ सय ९८ जना छन्। क्वारेन्टाइनमा २५३ जना छन ।हालसम्म मृत्यु हुनेको संख्या आज थप भएका ५५ जना सहित ३ हजार ४ सय १७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइसियुमा ६१६ जना छन । भेन्टिलेटरमा १७९ जना छन ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार