प्रधानमन्त्रीको विस्वासको मत फेल गराउने काङ्ग्रेसको निर्णय ।

 

काठमाडौं / नेपाली काङ्ग्रेस पदाधिकारीहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा आउँदा फेल गराउन पहल गर्ने निर्णय गरेको छ ।

नेपाली काङ्ग्रेस पदाधिकारीहरुको आज मंगलबार बसेको बैठकले त्यसका लागि दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

कोरोना महामारी लगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला विश्वासको मत लिनकै लागि अधिवेशन बोलाइएको भन्दै काङ्ग्रेसले प्रधानमन्त्रीलाई फेल गराउन पहल गर्ने निर्णय गरेको जनाएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिन प्रयोजनका लागि २७ गते संसदको बैठक बस्ने निर्णय भएको छ, त्यो विश्वासको मतलाई असफल बनाउन काङ्ग्रेसले पहल गर्ने निर्णय भएको छ’ काङ्ग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।

ओली सरकारले संवैधानिक मूल्यमान्यतालाई भत्काउने काम गरेको र प्रदेशहरुमा पनि अल्पमतमा पुगेपछि पनि जबरजस्ती सरकार बनाएको समेत् काङ्ग्रेसको आरोप छ । त्यस्तै सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि ल्याएकोमा काङ्ग्रेसले आपत्ति समेत जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार