पिकअपको ठक्करबाट प्रहरी जवानको मृत्यु

 

काठमाडौ / सुनसरी जिल्लाको इटहरीमा गाडीको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ।

इटहरी उपमहानगरपालिका वडा नं ६ मा मंगलबार राति को १ च ७८१६ नम्बरको पिकअप गाडीले को २० प ४६८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३३ वर्षीय कमलबहादुर खड्काको मृत्यु भएको हो।

मृतक जवानको घर सुनसरी प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीका अनुसार झापाको कचनकवल गाउँपालिका वडा नम्बर ६ हो।

दुवै सवारीसाधन र गाडी चालक तेह्रथुम लालीगुराँस नगरपालिका–६ का ४६ वर्षीय भगतबहादुर लिम्बूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डीएसपी कार्कीले बताए।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार