पछिल्लो २४ घण्टामा ८६५९ जनामा कोरोना पुष्टि । ५८ जनाको मृत्यु

काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ घण्टामा २०७५६ जनाको आरटी पीसीआर र ६१६ जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्द ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २१३७२ जना सहित हाल सम्म २५ लाख ५८ हजार ५१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। आज थप भएका ८६५९ जना सहित हालसम्म ३ लाख ५९ हजार ६ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


२४ घण्टामा १९९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सहित हालसम्म २ लाख ८९ हजार ७ सय ८३ जना कोरोना संक्रमण मुक्त भइसकेका छन्। कोरोना संक्रमित हुने मध्ये निको हुनेको प्रतिशतमा ८०.६% प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमित ६६ हजार ३ सय ५२ जना छन्। क्वारेन्टाइनमा ३८१ जना छन ।हालसम्म मृत्यु हुनेको संख्या आज थप भएका ५८ जना सहित ३ हजार ४ सय ७५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइसियुमा ६०० जना छन । भेन्टिलेटरमा १५६ जना छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार