चितवनमा बुधबार बिहान सम्म ८ जना कोरोना संक्रमितको मृत्यु

 

काठमाडौ / कोरोना संक्रमणबाट चितवनका दुई अस्पतालमा थप ८ जना कोरोना भाइरसका सङ्क्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा ४ जना र भरतपुर अस्पतालमा ४ जनाको मृत्यु भएको जनाएको छ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेमा धेरैजसो ५० वर्षमुनिका रहेका छन् ।

मङ्गलवार दिउँसो साढे तीन बजेदेखि बुधवार बिहान साढे ९ बजे सम्म ८ जना कोरोना सङ्क्रमितको ज्यान गएको हो । २४ घण्टामा धेरै सङ्ख्यामा कोराना सङ्क्रमणबाट ज्यान गएको चितवनमा पहिलो हो ।

चितवन मेडिकल कलेजका सूचना अधिकारी डा. किशोर अधिकारीले ज्यान गुमाउनेहरूमा कोभिड बाहेक अन्य जटिल समस्या नरहेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार