स्पेनिस क्लब रियल म्याड्रिडमाथि ३-१ गोलको जित निकाल्दै चेल्सी फाइनलमा प्रवेश

एजेन्सी / चेल्सीले घरेलु मैदानमा २-० गोलको जित निकालेको छ । इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।स्पेनिस क्लब रियल म्याड्रिडमाथि समग्रमा ३-१ गोलको जित निकाल्दै चेल्सी फाइनलमा पुगेको हो। पहिलो लेग १-१ गोलको बराबरीमा सकिँदा बुधबार भएको दोस्रो लेगमा चेल्सीले घरेलु मैदानमा २-० गोलको जित निकालेको हो ।

चेल्सीका लागि पहिलो हाफमा वेर्नरले गोल गरेका थिए। उनले खेलको २८ मिनेटमा गोल गर्दा चेल्सी घरेलु मैदानमा सहज स्थितिमा देखिएको थियो।खेल सकिन पाँच मिनेट बाँकी छदा चेल्सीका लागि माउन्टले दोस्रो गोल गरे। चेल्सी सन् २०१२ मा च्याम्पियन्स लिगको उपाधि जितेपछि पहिलो पटक फाइनलमा पुगेको हो।

अब उपाधिका लागि चेल्सीले अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग आगामी २९ मेमा टर्कीको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ। सिटी पहिलो पटक फाइनलमा पुग्दा चेल्सी यसअघि २००८ र २०१२ मा पनि पुगेको थियो।

च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लबबीच प्रतिस्पर्धा हुन लागेको यो तेस्रो पटक हो। सन् २००८ मा चेल्सी र म्यानचेस्टर युनाइटेड तथा सन् २०१९ मा लिभरपुल र टोटेनहम उपाधिका लागि भिडेका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार