कोरोना सङ्क्रमितहरुको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने

 

काठमाडौ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ का सङ्क्रमितहरुको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ ।

मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारवाही गरिने बताउनुभयो ।

महामारीको यो सङ्कटमा हामीले एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

अनावश्यक बढी शुल्क लिने लगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थाउपर यस्ता गतिविधि नगर्न नगराउन हुन सचेत गराइन्छ विज्ञप्तिमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार