सृष्टिको देन, प्राकृतिक को माया हो ज्यामरुङ,!

 

” दमै चौतारीको डाँडामा बसेर सधै नै हेरिरहनु,!

दरबारमा बसी ज्यामरुङलाई सधैं मायाले बेरिरहनु,!

गणेश हिमालको पारिलो घामको छहारी बनिदेऊ,!

शङ्खा र ब्रमा आपसको साईनो हाँसेर रमिदेउ,!

उर्लेर आँउदा आँखुको भेलले खेतबारी जगायो,!

डाँफे र मुनाल रुखमा बसी मितेरी लगायो,!

डाँडा र काँडा पाखा र पखेरा चउर हरिया,!

उकाली लाग्छन् डालो र नाम्लो बोकेर भरिया,!

खेतमा धान बारिमा कोदो पाकेर झरेको,!

अन्तरिमा हेर क्या राम्रो गुँरास फुलेर बसेको,!

सृष्टि को देन प्राकृतिक को माया हो ज्यामरुङ,!

आपसमा गाँस्न पबित्र एउटा नाता हो ज्यामरुङ,!

उज्जल धमला ( बिबस)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार