नीलकण्ठ ११ मा स्वास्थ्य सामग्री वितरण तथा स्वास्थ्य जनसचेतना अभियान सम्पन्न

धादिङ / ङबिश्वमा बढ्दो कोभिड १९ को महामारी संगै नीलकण्ठ नगरपालिका वडा नं ११ मा दिनदिनै संक्रमितको संङख्या बढ्न थाले पछि वडा अध्यक्ष तिलक थापा मगरको नेतृत्वमा वडा भित्र पर्ने हरेक टोल बस्तिमा गई संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्दै, सँक्रमितहरुलाई परामर्श दिने कार्यक्रम सम्पन्न भएकाे छ ।

वडामा संक्रमितहरु बढदै गरेकाे स्थितिलाई मध्यनजर गर्दै , सबैलाई स्वास्थ्य संस्थाकाे पहुच नभएकाेले बिरामीहरुको लागि अति आबशयक पर्ने स्वास्थ्य सामग्रीहरु ५० थान ज्वरो नाप्नको लागि थर्मोमिटर, ५० थान शरीरको अक्सिजन र मुटुको धडकन नाप्नको लागि पल्स अक्सिमिटर तथा २५०० थान मास्क वडाको प्रत्येक टाेलमा बितरण गर्दै बिरामीले घरमै बसी आफ्नो स्वास्थ्य अवस्था कस्तो छ, शरीरमा ज्वरो मात्रा के कति छ, अक्सिजनको मात्रा के कति छ हेरि आफैले सजिलै थाहा पाउन सक्ने भएकोले वितरण गरिएको सामाग्री अत्यन्त उपयोगी र अभियान प्रभाबकारी भएको वडा अध्यक्ष थापा मगरले बताउनु भयो।

यो ५ दिने अभियान जेष्ठ १५ गते बाट सुरु भएर जेष्ठ २० गते सम्पन भएको हो। यस अभियानलाई आर्थिक रुपमा सफल तुल्याउनको लागि प्रमुख भूमिका निभाउने ज्यामरुङ्ग जनकल्याण समाजका पदाधिकारीहरु श्री कृष्णमान श्रेष्ठ, दिनेश बिस्ट, तारालाल धरेल, लिला बहादुर बिस्ट, नीलकण्ठ ११ निवासी हाल मकाउमा कार्यरत श्री दुर्गा बहादुर बिस्ट, पर्यटन ब्यबसायी तथा समाजसेबी श्री गोकुल सापकोटा, श्री हरि कुमार श्रेष्ठ, श्री राजेन्द्र धमला, श्री सहदेव धमला, श्री खिल बहादुर आले मगर, श्री भरत थापा मगर र भाइराम थापा मगरको अतुलनिय भूमिका रहेकाेले उहाहरुलाई विशेष धन्यवाद दिदै स्थानिय भूगोलमा खटिएर यस अभियानलाई सफल पार्न सहयाेग गर्नुहुने नीलकण्ठ नगरपालिका सदस्य श्री कमला श्रेष्ठ, वडा सदस्य श्री शान्ता रोक्का, स्थानीय समाजसेवी श्री इशोरी बहादुर लम्साल, श्री चन्द्र बहादुर लम्साल, कोपनारायण श्रेष्ठ, स्थानीय भाइहरु नारायण आले, कन्चन श्रेष्ठ, पर्बत राना, रस्बिन थापा मगर, कमल मगर र राजु मगरको अहम भूमिका रहेकोले वडा अध्यक्ष थापाले वडाकाे तर्फवाट र ब्यक्तिगतरुपमा सबैलाई धन्यवाद दिनु भएकाे छ ।

साथै सजग र सुरक्षित रहि काेभिडकाे महामारिबाट जाेगिन अनुराेध समेत गर्नु भएकाे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार