काङ्ग्रेसका बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी ओलिलाइ मार्ने धम्कि

काठमाडौं / नेपाली काँग्रेसका बागमती प्रदेश सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी ओलिलाइ मार्ने धम्कि दिएका छन । उनी काठमाडौंको क्षेत्र नम्बर ४ को “क” बाट निर्वाचित संसद हुन ।

शुक्रबारको कार्यक्रममा उनले प्रधानमन्त्री ओलीलाई मार्न आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका छन् । गोड्से भारतीय नेता महात्मा गान्धीका हत्यारा हुन् ।

यो अभिव्यक्तीको चर्को आलोचना समेत भैरहेको छ । सत्ता पक्षका नेताहरूले काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा प्रधानमन्त्री ओलीको हत्याको योजना बनाइरहेको हुनसक्ने आँकलन गरिरहेका छन् ।

विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलका लागि भन्दै प्रायः देउवा निवासमै जाने गरेका छन् । वैद्यको उक्त अभिव्यक्तीले कतै प्रधानमन्त्री ओलीको हत्या योजनाको पोल खुलेको त होइन ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार