चितवनमा सात वर्षिया बालिका बलात्कृर आरोपमा एक जना पक्राउ, बालिकाको पाठेघरमा रगत जमेको अशंक

चितवन / चितवनको भरतपुरमा सात वर्षिया बालिका बलात्कृत गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार साँझ भरतपुर महानगरपालिका वडा नं ५ स्थित माछापुच्छ्रे चोक नजिकैको घरमा रहेकी बालिकालाई भरतपुरमा बस्दै आइरहेका ३८ वर्षिया दीपक राईलाइ बलात्कार गरेको आरोप लागेको हो ।उनलाई प्रहरीले आज आइतबार विहान पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बलात्कारको आरोपमा ती पुरुषलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ, बालिकाको मेडिकल रिपोर्ट आएपछि अनुसन्धानले थप गति लिन्छ ।” उहाँले बालिकाको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिनुभयो ।

घरमा बालिकाका १० वर्षीय दाजु र आमा बसोबास गर्दै आइरहेका थिए । शनिबार साँझ आमा माइत गएको बेलामा घरमा पुगेका राइले बालकलाई बिस्कुट किन्न पठाएर बालिकालाई बलात्कार गरेको उनका आफन्तले जानकारी दिए । उनका आफन्तले भने “राइ अन्य बेला पनि घरमा आइरहेको रहेछ, शनिबार घरमा कोही नभएको बेला बलात्कार गरेछ । उनले दोषीमाथि कडा कारवाही हुनुपर्ने माग राखे । बालिकाले विहानैदेखि बान्ता गरेपछि आफन्तले घटना बारे थाहा पाएका थिए ।

बालिकाका आफन्तका अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दा बालिकाको पाठेघरमा रगत जमेको देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार