बाढी पहिरोका कारण विस्थापितलाई राहत र पुनःस्थापन कसरी गर्ने भन्ने बरे छलफल जारी ।

काठमाडौ / अविरल वर्षका कारण देशैभर ठुलो जनधनको क्षेति भएपछि गृहमन्त्रालयमा विपद व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै छन ।

तेस्तै सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा ठुलो जनधनको क्षेति भएको छ । सिन्धुपाल्चोकमा ७ जना बन्दबढी मानिस बेपत्ता भएको खवर आएपछि कार्यकारी समितिको शुरु भएको गृह मन्त्रालयका प्रवक्ता सह सचिव जनकराज दाहालले जानकारी दिए ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा मात्रै बाढिले बगाएर ७ जना बेपत्ता बनाएको छ । बेपत्ता मध्ये एकजनाको शव फेला परेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

बैठकमा गृहमन्त्री खगराज अधिकारी राष्ट्रिय विपद न्युनिकरण तथा व्यवस्थापन प्रधिकारणका सिइओ अनिल पोखरेल गृह सचिव र सह सचिव जनकराज दाहाल सहितको पदाधिकारी सहभागी रहेका छन ।

बैठकमा बाढी पहिरोका कारण विस्थापितलाई राहत र पुनःस्थापन कसरी गर्ने भन्ने बरे छलफल भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार