बाढीले बगाएका सातजनाको शव फेला फसेका चारजनाको उद्धार

 

काभ्रेपलान्चोक / मेलम्चीमा आएको बाढीले बगाएर बेपत्ता भएका सात जनाको मृत शव भेटिएको छ । हेलम्बु क्षेत्रमा आज विहान शव भेटिएका हुन् ।

हिजो बेलुकी मेलम्चीमा बाढी आएर स्थानीय बस्तिहरु बगाएपछि आज बिहानबाट प्रहरीले खोजी तथा उद्दार कार्य सुरु गरेको छ । बाढीले वेपत्ता भएका मध्ये सातजनाको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताएका छन ।

बाढीका कारण सिन्धुपाल्चोकका मेलम्ची बजार जलमग्न भएको छ । बजारका धेरै घरमा पानी छिरेको छ । एउटा घरको छतमा फसेका चार जनालाई नेपाली सेनाको टोलीले हेलिकप्टरबाट उद्धार गरिरहेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा हिजो बेलुका आएको बाढी–पहिरोले मानवीय क्षतिसँगै सडक तथा पुल बगाएर यातायात र नेटवर्क सम्पर्क विच्छेद पनि भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार